चितवन । चितवनमा बैशाखको दोस्रो सातापछि जारी निशेधाज्ञाका कारण राजश्व संकलनमा भारी गिरावट आएको छ । आर्थिक बर्ष ०७७, ०७८ को चैत्र महिनामा ३८ लाख १५ हजार पांँचसय संकलन गरेको कार्यालयले बैशाख महिनामा २२ लाख २५ हजार मात्रै राजश्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय, चितवनले सवारीसाधनको प्रकृति र ट्राफिक उल्लंघन गरेको कारवाही गरेको आधारमा राजश्व संकलन गर्दै आएको छ । जसअनुसार कार्यालयले चैत्र महिनामा ट्रक टिपर कारवाहीबाट ६लाख ८ हजार पांँचसय गरेको थियो भने बैशाख महिनामा यी सवारीसाधनबाट ४ लाख १हजार पांँचसय मात्रै संकलन भएको छ ।
यस्तै कार्यालयले बस, माइक्रो कारवाहीबाट चैत्र महिनामा ६ लाख २० हजार पांँचसय र बैशाख महिनामा ३ लाख ३३ हजार, जीप,कारबाट चैत्र महिनामा ९ लाख ३७ हजार र बैशाख महिनामा ५ लाख ३४ हजार, ट्रयाक्टर कारवाहीबाट चैत्र महिनामा १ लाख ८९ हजार र बैशाख महिनामा १ लाख १४ हजार ,मोटरसाइकल कारवाहीबाट चैत्र महिनामा ११ लाख ६१ हजार रुपैयांँ र बैशाख महिनामा ६ लाख ७७ हजार पांँचसय र टेम्पो र अन्य कारवाही गरी चैत्र महिनामा २ लाख ९९ हजार पांँचसय रुपैंया संकलन गरेको थियो भने बैशाख महिनामा १ लाख ६५ हजार संकलन गरेको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले निशेधाज्ञाका कारण सार्वजनिक तथा नीजि सवारीसाधन नचलेकाले राजश्व संकलनमा कमी आएको बताए । ‘ अहिले सवारीसाधनको आगमन न्यून पनि छ, थापाले भने, कारवाही गरिएका सवारीधनीले पनि जरीवाना रकम बैंकमा जम्मा गर्न पाएका छैनन ।’
निशेधाज्ञा उल्लंघन र होल्डिङमा गरि कारवाही गरिएका सवारीसाधनको जरीवाना रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा हुने भएकोले पनि राजश्व संकलनमा असर परेको प्रमुख थापाको भनाई छ ।
चौबीस सय सवारीसाधन कारवाहीमा
चितवनमा बैशाख महिना अवधिभर सबै सवारीसाधन गरी २ हजार ३सय ९९ सय कारबाहीमा परेका छन । तर चैत्र महिनामा ४ हजार ७७ वटा सवारी साधन कारवाहीमा परेका थिए ।
बैशाख १६ देखिनै अत्यावश्यक बाहेक सवारी साधन बन्द रहेकाले स्वत कारवाही संख्यामा कमी आएको ट्राफिक प्रहरी प्रमुख थापाले बताए । ‘सरकारी सवारी साधन र अन्य अत्यावश्यक सवारी साधन मात्र चलेका छन , थापाले भने, हामी अहिले सवारीसाधन कारवाही भन्दा पनि कोभिड न्यूनिकरणमा केन्द्रीत छौं ।’ हाल ट्राफिक प्रहरीले अन्य प्रहरीका सुरक्षा संयन्त्रसंँग कोभिड न्यूनिकरण र सचेतनामा खटिएकोले नियमित ट्राफिक संकलनको काम समेत प्रभावित भएको उनको भनाई छ ।
ट्राफिक कार्यालय चितवनको राजश्व संकलनमा गिरावट
ट्राफिक कार्यालय चितवनको राजश्व संकलनमा गिरावट
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु