काठमाडौं। हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमाससम्ममा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा २०७८ असोजसम्ममा ८ करोड ८० लाख बिमा शुल्क आर्जन गरेको र एक करोड ७१ लाख खुद दावी भुक्तानी गरेको उल्लेख गरेको छ ।
कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकोमा ३५ लाख ८१ हजार व्यवस्थापनमा ७५ लाख ६८ हजार कर्मचारी बोनसमा २ करोड ४३ लाख सरकारी करका लागि छुट्याएको छ ।
हिमालयन रि देशको दोस्रो पूर्नबिमा कम्पनी हो ।
हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको तीन अर्बको सेयर जारी गर्न बाँकी छ ।