चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया अझ अगाडि बढ्न सकेको छैन । सर्वसम्मत बनाउन खोज्दा निर्वाचन प्रक्रिया लगातार धकेलिएको छ ।
राति ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने भनिए पनि हुन सकेन । अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा उम्मेदवार दिनेहरुलाई फिर्ता गर्न लगाएर सर्वसम्मत बनाउन खोज्दा निर्वाचिन प्रक्रिया ढिला भइरहेको छ । अध्यक्ष ओलीले पदाधिकारीमा मात्र चुनाव गराउन खोजेका छन् ।
अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् । भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रीटीका लागि सर्वसम्मत भएको छ ।
सदूपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ, जसका कारण निर्वाचन प्रक्रिया अझ अगाडि बढ्न सकेको छैन ।