चितवन। पछिल्लो समय चितवनमा हवाईको चाप ह्वात्तै बढेको छ । अन्य दलको राजनीतिक गतिविधि संँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औं महाधिवेशन यहांँ हुनेपछि एकहप्ता देखिनै हवाई चाप बढ्दै गएको हवाई सेवा प्रदायक कम्पनी बताउंँछन् । बिशेषगरी उडान सेवा नभएका जिल्लाहरुबाट यात्रुहरु आउन नसकेपनि काठमाडौं , पोखरा, भैरहवाबाट भरतपुर आउने यात्रुको संख्याको चाप बढी भएको हवाई सेवा प्रदायक कम्पनीका कर्मचारीको भनाई छ ।
बुद्ध एयरका भरतपुर प्रबन्धक भक्त बहादुर बस्नेतले एकसाता देखिनै यात्रुहरुको चाप बढेको बताए। ‘अहिले यहांँबाट जाने भन्दा पनि भरतपुुर आउने यात्रुको चाप अत्यधिक छ , उनले भने , चाहे काठमाडौबाट होस या पोखरा अनि भैरहवा । खाली सिट उडाउनु परेको छैन।’ भरतपुर आउने भन्दा जाने यात्रुको संख्या केही कम भएपनि यहांँबाट फर्कने यात्रुहरुले बुकिङ्ग गर्न थालिसकेको बस्नेतले जानकारी दिए ।
हाल बुद्धको १० वटा काठमाडौं, एउटा पोखरा र एउटा जहाजले भैरहवा उडान भर्दै आएका छन्।
अहिले एमालेको केन्द्रीय महाधिवेशन मंसीर १० देखि १२ हुदैछ भने कांँग्रेसको जिल्ला अधिवेशन मंसीर १० गतेबाट शुरु हुदैछ । यसको साथै पर्यटकीय सिजन शुरु भएसंँगै आन्तरिक तथा बाह्य पर्यटकहरु पनि देखिन थालेका छन् । गुण एयरलाइन्सका भरतपुर इन्चार्ज कुलराज शर्मा चाडबाडका बेला भन्दा पनि अहिले आएर हवाई यात्रुको चाप ह्वात्तै बढेको बताउंँछन । ‘चाडबाडमा भन्दा पनि अहिले टिकट बुकिङ्ग र बिक्रीको अनुपात बढ्यो, उनले भने, अहिले केही दिनको लागित न त जाने टिकट छ न आउनेनै ।’ उनले भने ।
भरतपुर विमानस्थलका निमित्त प्रमुख दिपक विकले राजनीतिक गतिविधिका कारण पछिल्लो दिनहरुमा हवाई यात्रुको चाप थप बढेको बताए । ‘चाडबाड पछि पनि यात्रुको संख्या घटेकै पाएका छैनौं, मुभमेन्ट एकदम बढेको छ उनले भने , अहिले आउनेको बढी चाप छ, केही दिनपछि जानेको बढ्ला ।’ हिजोआज मौसमपनि प्रतिकुल नभएको र समयमै र नियमित उडान र अवतरण भएकोले कुनै समस्या नआएको उनको भनाई छ ।
गुणले शुरु गर्यो पोखरा– भरतपुर –पोखरा हवाई सेवा
यात्रुहरुको चाप माग र आवश्यकता अनुसार बुधबार वाट भरतपुर –पोखरा –भरतपुर हवाई उडान शुरु गरेको छ । एमालेको महाधिवेशन संँगै पर्यटकहरुको पनि आगमन बढ्दै गएकोले एउटा उडान थप गरिएको गुण एयरलाईन्सले जानकारी दिएको छ ।
एयरलाईन्सका इन्चार्ज शर्माले यात्रुहरुको माग र यात्रुहरुको सहजताका लागि बुधबारबाट पोखरा उडान शुरु गरिएको जानकारी दिए । ‘अहिले महाधिवेशनको माओल पनि भयो पर्यटकहरु पनि आउन थाले त्यसैले हिजोबाट सेवा शुरु गर्यौं ’उनले भने, अब विस्तारै भैरहवा उडान पनि सञ्चालन गर्नेछौं ।
विमानस्थलका निमित्त प्रमुख विकले अहिले महाधिवेशन लक्षित गरेर गुण एयरले उडान थप्नुले पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने बताए । ‘चितवन देशभरकै केन्द्र पनि हो , यसले एउटा कनेक्टिभिटीको निर्माण गरेको छ ।’ विकले भने । गुण एयरलाइन्सले केही महिना अघिदेखि दुईवटा काठमाडौ उडान भर्दै आएको छ । भने बुधबारबाट थप एउटा पोखरा उडान थप गरेको हो ।