चितवन। सुनगाभा बाल क्लब, बरुवाले माडी ध्रुब गाउँकी क्यान्सर पीडित बालिका अनुष्का महतोको उपचार सहयोगार्थ १ लाख १०१ रुपैंया सहयोग गरेको छ ।
क्लबले गत तिहार पर्वको सन्दर्भमा माडीको बरुवामा तिहार विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन गरी सोबाट संकलित बचत रकम उपचार सहयोगस्वरुप एक संक्षिप्त कार्यक्रमबिच प्रदान गरेको हो ।
कार्यक्रमबाट कुल ३ लाख २० हजार ३१० रुपैंया आय तथा २ लाख २० हजार २०९ रुपैंया खर्च भई कुल १ लाख १०१ रुपैंया बचत भएको क्लबले जनाएको छ । सो रकम कार्यक्रमका प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बिरामी बालिकाका बुबा हरिया महतोलाई हस्तान्तरण गरेको
हो ।
माडी बरुवास्थित सुनगाभा साँस्कृतिक समितिको आयोजना र स्टार स्पोर्टस् क्लबको सहआयोजनामा आज ९शुक्रबार० साँझ बरुवास्थिच चौरमा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रमबाट संकलित बचत रकम महतोको उपचार सहयोगार्थ प्रदान गरिने आयोजकले जनाएको छ ।(स्वदेशएफएमबाट)