चितवन । लामोसमयको प्रतिक्षा पश्चात चितवनमा चालक अनुमतिपत्रको नवीकरण प्रविधि परीक्षण शुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय,चितवनले शनिबार एक कार्यक्रमका बीच उक्त प्रविधि जडान गरी परीक्षण शुरु गरेको हो ।
कार्यालय प्रमुख विनोद पौडेलले यातायात व्यवस्था विभागका प्राविधिककको सहयोगमा उक्त प्रविधि जडान गरिएको जानकारी दिए । उनका अनुसार आउंँदो आइतबार सम्म प्रविधिको परीक्षण गरिने र यसपछि सेवा शुरु गरिनेछ । सेवाग्राहीले अनुमतिपत्र नवीकरण गर्न आउंँदा आफ्नो अनुमति सफ्टवेयरबाट रुजु गर्नुपर्नेछ । सप्टवेयर मा यसअघिनै अनुमतिपत्रको बायोमेट्रिक गरेर सबै विवरण निश्चित भएपछि चालकको सामान्य स्वास्थ्य परीक्षण गरिनेछ ।
चालक रगत समुह, आंँखा परीक्षण र अन्य अंगभग भए नभएको जांँच भएपछि मात्र चालकले आफ्नो सम्पूर्ण विवरण सुनिश्चित र स्वीकृत भएपछि नवीकरण दस्तुर तिरी आफ्नो अनुमतिपत्र नवीकरण गर्न सकिने उनले जानकारी दिए ।
अनुमतिपत्र नवीकरणका साथै नयांँ अनुमति पत्र वितरणका लागि कार्यालयले प्रक्रिया शुरु गरेको समेत जानकारी दिएको छ । ‘हामीकहांँ नयांँ अनुमतिपत्र बाहेक सबै सेवा दिन सक्ने अवस्थामा पुग्यौं । प्रमुख पौडेलले भने, नयाँ अनुमति पत्रको लागि सरोकार निकायसंँग छलफल भईरहेको छ ।’ हालको भाडाको भवनबाट नयाँ चालक अनुमति पत्र दिन नसक्ने भन्दै उनले थप क्षेत्रफल र भवनको आवश्यकता पर्ने बताए । ‘हामीले ट्रायल गर्ने पूर्वाधारसहितको फराकिलो क्षेत्रफलको माग गरेका छौं उनले भने, आवश्यक बजेट र जनशत्ति भए हामी यहांँबाटनै नयाां चालक अनुमतिपत्र जारी गर्न सक्छौं ।’
कात्तिक महिनामा सांँढे ६ करोड राजश्व संकलन
कार्यालयले कात्तिक महिनामा सबै शिर्षक गरी ६ करोड ५२ लाख १ हजार २४८ रुपैयांँ संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक, जरिवाना र जफत , सवारी साधन कर र चालक अनुमति पत्र ,सवारी दर्ता किताव दस्तुर शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । यसमध्ये सबैभन्दा बढी राजश्व सवारीसाधन कर शिर्षकबाट ५ करोड ३४ लाख ६९ हजार ५२८ रुपैयांँ संकलन गरेको छ । यसै गरी यातायात क्षेत्रको आम्दानीबाट ४८ लाख १० हजार ५८५ रुपैंया, प्रशासनिक जरिवाना र जफत शिर्षकबाट २६ लाख ३६ हजार ३९० र चालक अनुमति पत्र , सवारी दर्ता दस्तुर शिर्षकबाट ४२ लाख ८४ हजार ८४५ रुपैंया संकलन गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको कात्तिक महिना सम्म २४ करोड ५० लाख ६९ हजार ८४१ रुपैंया संकलन भएको छ । कार्यालयले चार महिनाको अवधिमा ३० प्रतिशत बढी राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३८ प्रतिशत राजश्व संकलन गर्न सफल भएको प्रमुख पौडेलले बताए । ‘अहिले सवारीसाधन दर्ता सेवा पनि थप भयो, कर तिर्न छिटो छरितो प्रणालीको विकास पनि गर्यौ उनले भने जसले गर्दा राजश्व प्रथम चौमासिकमा ८ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भयौं ।’
कार्यालयले यस चालु आर्थिक बर्षमा ६५ करोडको हाराहारीमा राजश्व संकलन गर्ने अनुमान गरेको छ ।