चितवन । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिएको छ । आज नेपाल मत्स्य व्यवसायी संघ चितवनले एक कार्यक्रम गरी आत्मनिर्भर घोषणाको जानकारी दिएको हो ।
विगत १० बर्षदेखि आत्मनिर्भर अभियानमा लागेको र हाल आएर माछाको उत्पादन बढी भई जिल्ला बाहिरपनि पठाईएकोले आत्मनिर्भर बन्न सफल भएको संघले जनाएको छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र सुबेदीले पछिल्लो समय निरन्तर माछाको उत्पादनमा बिक्री भई काठमाडौं पोखरा लगायतका जिल्लाहरुमा माछा बिक्री हुंँदै आएकोले चितवन माछामा आत्मनिर्भर भएको घोषणा गरिएको बताए । उनका अनुसार हाल चितवनमा बार्षिक २६०० मेट्रिक टन माछा खपत र ४ बजार मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । ‘२६०० मेट्रिक टनले चितवन जिल्लालाई पुग्छ बांँकी उत्पादन अन्य जिल्ला पठाएका छौं ।’ सुबेदीले भने । जिल्लामा उत्पादनमा बृद्धि भई आत्मनिर्भर भएपनि भारतीय उत्पादन बार्षिक १ हजार मेट्रिक टनको हाराहारीमा बजार लिएको उनले बताए । ‘हाम्रो उत्पादन राम्रो छ तर बजार चाहिं भारतको भयो ।’ उनले भने । फर्मालिन रसायनको प्रयोग गरी भारतीय माछा नेपाल भित्रिएको र स्थानीय उत्पादनले बजार ओगट्न नसकेको उनको भनाई छ ।
उनका अनुसार गत आर्थिक बर्षमा ४०३८ मेट्रिक टन माछा उत्पादन भएको थियो भने यो चालु आर्थिक बर्षको अन्तसम्मा ६ हजार ६०० मेट्रिक टन माछा उत्पादन हुने अनुमान गरिएको उनले बताए ।
भारतबाट आउने माछाको गुणस्तर जांँच नहुने, नेपालको माछा भन्दा सस्तो र अनुकल वजन र साइजको भित्रिएकोले पनि भारतीय माछाले बजार ओगट्दै आएको हो । ‘हाम्रो लागत मुल्य नै बढी छ , र भारतीय माछासंँग प्रतिस्पर्धापनि गर्न सकेनौं, नेपाल मत्यस्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महत्वले भने अहिले उत्पादन बृद्धि भएर के गर्नु माछा स्टक छ ।’ चितवनमा मात्रै हाल १हजार पांँचसय मेट्रिक टन माछा उत्पादन बढी भएर भण्डारण भएको उनले जानकारी दिए ।
मुल्य केही बढी भएपनि नेपाली माछा एशियामानै गुणस्तर र स्वादिलो भएपनि बिक्री हुन नसकेको महत्तोको भनाई छ । ‘भारतमा विजुलीमा , लगानीमा, कच्चपदार्थमा सहुलियत छ तर नेपालमा हामी किसानलाई उद्योगी सरह महसुल र कर लिने गरिएको छ । ’उनले भने । नेपाली माछाको प्रर्वद्धन, र जनचेतना राज्य पक्षले समेत नगरिंँदा आफूहरु मर्कामा परेको महत्तोले बताए । ‘माछा बिक्रीको सबभन्दा ठूलो बजार काठमाडौंको कालीमाटी हो , हामीले हाम्रो उत्पादन त्यहीं बेच्न सकेका छैनौ । महत्तोले भने।
कार्यक्रममा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघ, बस्तुगत संघका उपाध्यक्ष रघु भट्टले नेपालमा मत्स्य नीतिनै कमजोर हुंँदा माछा उत्पादन गर्न सकिएपनि बिक्री गर्न मुश्किल भएको बताए । ‘राज्यसंँग स्वदेशी उत्पादन र विक्री गर्ने न कुनै योजना छ न कुनै पोलिसी ।’ भट्ले भने ।
हाल चितवनमा ७०० हेक्टरमा माछापालन गरिदै आएको छ । भने यहांँ ५१३ हेक्टर जलाशय छ । यहांँ कार्प प्रजातिका ७ प्रकारका माछा, पंगासियस, विग्रेड,रहु, ग्रास जातका माछापालन गरिंँदै आएको छ ।