गुल्मी । गुल्मी प्रहरीले फरार दुई अभियुक्त पक्राउ गरेको छ । प्रहरीले गतबर्षको २३ पुसमा १७ बर्षीया किशाेरीलाई बलात्कार गरेर फरार भएका कपिलवस्तु बाणगंगा नगरपालिका- १ पिपराका २१ बर्षीय चन्द्रबहादुर थापालाई १० महिनापछि घरबाटै पक्राउ गरेको हो ।
थापालाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले पक्राउ गरेको हो । बलात्कार भएको बारेमा बालिकाले परिवारलाई लामाे समयसम्म बताएकी थिइनन् । आरोपितले बलात्कारपछि पनि पटक पटक मानसिक तनाव दिएपछि बालिकाले परिवारलाई बताएकी थिइन् । त्यसपछि पीडित परिवारले १० महिनापछि १६ कात्तिकमा थापाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । उजुरीपछि खोजतसालका क्रममा थापालाई प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईसहितको टोलीले घरैबाट पक्राउ गरेर ल्याएको पाण्डेयले बताए ।
यस्तै ३१ बर्यीया महिलालाई बलात्कार गरेर फरार रहेका गुल्मी मुसिकोट नगरपालिका- ८ का ४७ बर्षीय चन्द्रे सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपित सार्कीले महिलालाई गत १७ भदौमा बलात्कार गरेर फरार भएका थिए । सार्कीिवरुद्ध परिवारले २१ भदौमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे थियाे । त्यसपछि खोजतलासका क्रममा घर नजिकबाटै पक्राउ गरेर अदालतमा पेश गरी आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरी जनाएको छ । न्युज काराखाना