चितवन । कोरोनाका कारण गतबर्ष रोकिएको छरछरे मेला सञ्चालन हुन लागेको छ। हरिबोधनी एकादशी पर्वको अवसरमा भोलि सोमबार माडीको छरछरेक्षेत्रमा एकादशी मेला लाग्ने भएको हो ।
मेलाको मेलाको पूर्वसन्ध्यामा मेलास्थल र मन्दिर क्षेत्र सरसफाई गरिएको छ भने मञ्च र स्टलहरु तयार भइरहेको दीयो क्लबले जनाएको छ । सोही अवसरमा युनाइटेड क्लब, माडी-४, बिरञ्चीका सदस्यहरुले मेलास्थल पुगिने खैरहनी क्षेत्रको सडक सरसफाई समेत गरेका छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्व भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाउने गरिन्छ । एकादशीमा तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर तुलसीको विवाह गरिदिने र छरछरे धाममा तोरण टाँग्ने प्रचलन रहेको छ ।
छरछरे शिव मन्दिर समितिको मूल आयोजनामा सञ्चालन हुने मेलामा दराई समाजले साँस्कृतिक कार्यक्रमको र दीयो क्लबले मेला व्यवस्थापनको जिम्मेवारी लिएको छ।