चितवन । चितवनलगायत देशभर आजबाट दोस्रो चरणको राष्ट्रिय जनगणना २०७८ को मुलगणना हुंँदैछ । चितवनका सातै स्थानीय पालिकाका ९८ वटा वडामा गणनाको लागि ८६७ जना गणक र २१० जना सुपरिक्षक खटिएका छन् । ४ गणकका लागि एक सुपरिवेक्षक खटाइएको छ ।
यसअघि घर तथा घर परिवारको सूचिकरण गर्ने कार्य सम्पन्न भईसकेको छ । जिल्ला जनगणना अधिकारी यज्ञमुर्ती भण्डारीले मुलगणनाको लागि सबै गणक र सुपरिवेक्षकहरु आजबाट कार्यक्षेत्रमा खटिसकेको जानकारी दिएका छन् । जनगणनाका लागि स्थानीय तह अनुसार सातवटा जनगणना कार्यालय तोकिएको छ । जसअनुसार भरतपुरमा तीन वटा कार्यालय, इच्छाकामना र कालिकामा १ वटा, रत्ननगर नगरपालिकामा १, राप्ती र खैरहनीलाई हेर्ने गरेर एउटा जनगणना कार्यालय स्थापना गरिएको छ । माडीमा एक वटा कार्यालय स्थापना गरिएको छ ।
गणकले आउंँदो मंसिरको ९ गतेसम्म कार्यालयमा सबै विवरण बुझाई सक्नुपर्नेछ ।