भरतपुर । नारायणी नदी किनार नारायणगढमा छठ पर्व धुमधाम तरिकाले मनाउने गरी तयारी भइरहेको छ ।
नेपाल र भारत लगायत विश्वका विभिन्न देशमा कात्तिक महिनाको शुक्ल षष्ठीका दिन मनाइने छठ लोकपर्व हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । छठको पहिलो दिन चतुर्थी व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन् ।
छठ पर्वको मुख्य विधि अन्तर्गत पहिलो दिन ९चतुर्थ० को विधिमा अरबा(अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।