चितवन । नेकपा एमालेका अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलाीले एमाले मात्र देश बनाउने निती भएको पार्टी भएको बताएका छन् ।
आज सोमबार भरतपुर महानगर अधिवेशनमा बोल्दै ओलीले सो कुरा बताएका हुन् । उनले, नेपाली कांग्रेसको देश बनाउने निती नभएको बताउदै, कहिले कांग्रेसको निती भएको सुन्नु भएको छ ? भनेर प्रश्न गरे ।
साथै माधव नेपालको नव निर्मित एकीकृत समाजवादीलाई व्यग्य गर्दै सो पार्टी एमालेको एक टुक्रिएर एक चौटामात्र भएको र नाम मात्र एकिकृत रहेको ओलीले भने । कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने त्यसलाई जिताउने अनि नाम चाँहि समाजवादी रे, कटाक्ष्य गर्दै ओलीले भने ।
साथै उनले चितवनबाट तीन जना प्रतिनिधिसभा सांसद र छ जना प्रदेश सांसद एमालेबाट चाहिने उनले बताए । एमालेले सदैव मतको कदर गर्ने बताउदै जनताले एमालेलाई दिएको एक मत पनि खेर जान नदिने ओलीले विश्वास दिलाए ।
स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने ओलीले बताए । त्यस्तै ५ गठबन्धन चुनावसम्म जारी राख्नु पर्ने भन्दै केही नेताहरुले भाषण गर्दै हिँडेका छन् , जोजो मिलेर आए पनि एमालले सामना गर्ने ओलीको भनाई छ ।