चितवन । नारायणगढ रोटरी क्लबले रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। क्लबले ५०० थान फेस मास्क, १० लिटर सेनिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई हस्तान्तरण गरेको हो।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सानो सहयोग गरेको क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले जानकारी दिए। क्लबको तर्फबाट संक्रामक रोगको महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई नारायणगढ रोटरीद्वारा मास्क र सेनिटाइजर सहयोग
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई नारायणगढ रोटरीद्वारा मास्क र सेनिटाइजर सहयोग
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु