चितवन । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओली कात्तिक १५ र १६ गते चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आउंँदैछन । ओली कात्तिक १५ गते बिहान काठमाण्डौंबाट सडक मार्ग हुँदै आउनुहुने ओलीका पाँच वटा कार्यक्रम तय भएका छन् ।
आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै दुईदिने कार्यक्रमको तयारी बारेमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा ओलीको भ्रमण तथा कार्यक्रम तालिकाको तयारी भईसकेको र आफूहरु स्वागत गर्न आतुर र उत्साहित भएको पत्रकार सम्मेलनमा सहभागी नेता कार्यकर्ताले बताए ।
पार्टीका भरतपुर महानगर इन्चार्ज एवं केन्द्रीय सदस्य देवी ज्ञवालीले भरतपुर महानगरपालिकाको अधिवेशन उद्दघाटनको साथै महाधिवेशनको उद्धघाटन र बन्द सत्र हुने स्थलको निरीक्षण गर्न आउने जानकारी दिए ।
उनका अनुसार कात्तिक १५ गते बिहान अध्यक्ष ओली सडक मार्ग हुँदै चितवन आउनेछन । सोही मार्ग आउंँदै गर्दा एमालेका महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
त्यस लगत्तै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको ज्ञवालीले जानकारी दिए । महानगर कमिटीको अधिवेशन भरतपुरको सिएमटि रिसोर्ट हाकिमचोकमा आयोजना गरिएको छ । उक्त सभालाई मध्यान्ह १२ बजे सम्बोधन गर्ने समय राखिएको । अधिवेशन उद्घाटनपछि अध्यक्ष ओलीले एमालेको केन्द्रीय महाधिवेशनको बन्द सत्र हुने सौराहास्थित होटल सेभेन स्टारको अवलोकन गर्नेछन् । तर उक्त होटल छनौट हुने या नहुने भन्ने बिषयमा ओली आएपछि मात्रै निश्चित हुने ज्ञवालीले जानकारी दिए ।
कात्तिक १६ गते नारायणी नदीमा रहेको मिनीक्रुजको अवलोकन र शयर गर्ने कार्यक्रम राखिएको छ । तत् पश्चात ११ बजे माडीको अयोध्याधामको अवलोकन एवं भेटघाट कार्यक्रम तय भएको छ । त्यहांँ स्थानीयसँग केही बेर छलफल र अन्र्तक्रिया कार्यक्रम राखिएको छ ।
अयोध्यमधामको कार्यक्रमलाई व्यवस्थित रुपले सम्पन्न गर्नको लागि नेकपा एमाले माडी नगर कमिटीको आज सम्पन्न बैठकले ५ वटा उप समितिहरु गठन गरेको भरतप महानगर कमीटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारी रहेका छन् ।
कार्यक्रमलाई व्यवस्थित गर्नुका साथै समग्र माडीको विकास र अयोध्याधामको गुरुयोजनाका सम्बन्धमा व्यवस्थित छलफल गर्ने उद्देश्यले आइतवार माडीका ९ वटै वडा कमिटीको बैठक आयोजना गरिएको प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । केपी ओली माडी आउने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।