चितवन । चितवनमा चालु आर्थिक बर्ष ७८,७९को तीन महिनाको अवधिमा ३२ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार ती मध्ये सबैभन्दा बढी जबरजस्ती करणीमा २० वटा मुद्धा दर्ता भएका छन् ।
जबरजस्ती करणी अन्तर्गत प्रहरीले १६ पुरुष १ महिला र २ बालकलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार जबरजस्ती उद्योग अन्तर्गत तीनवटा मुद्धा दर्ता भएका छन् । जसमा २ पुरुष र १ बालक पक्राउ परेका छन् । यस्तै बालयौन गरेको आरोपमा तीनवटा मुद्धा दर्ता भएका छन् । जसमा दुई पुरुष र एक बालक पक्राउ परेका छन । सो अवधिमा बालयौन गरेको आरोपमा पनि प्रहरीले तीनजनालाई पक्राउ गरेको । यस मुद्धामा प्रहरीले दुई पुरुष एकजना बालकलाई पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जबरजस्ती भएका घटनाहरुमा पीडितको उमेर र कसुरको आधारमा कारवाही हुने बताए । बिशेषगरी १३ बर्ष उमेर भन्दा कम उमेरका दोषीलाई यस कसुरमा त्यस्तो कडा कारवाही नहुने बताए । ‘जबरजस्ती करणीमा अपराधको प्रकृति र उमेर अनुसार कारवाही र सजांँय कम र बढी हुन्छ ।’ अधिकारीले भने ।
कार्यालयका महिला सेलकी प्रमुख प्रहरी निरीक्षक कमला नराल हालसम्म आएका घटनाहरुमा १८ बर्ष भन्दा कमा किशोरी र बालिकाहरु पीडित हुने गरेको बताउंँछिन् । ‘महिला हिंसा मध्ये बालिका जजकै बढी मुद्धा दर्ता छ , उनले भनिन, पहिले सहमतिमा शारिरीक सम्पर्क हुने पछि उजुरी गर्न आउने पनि त्यत्तिकै छ ।’ यस मुद्धामा पीडितले एकबर्षसम्म उजुरी दर्ता गर्न पाउने भएकोले पनि जबरजस्ती करणीका घटनाको संख्या बढेको प्रहरी निरीक्षक नरालले बताईन् । पहिले मिलेमतो, मायाप्रेम र सहमतिमा यस्ता घटना हुने गरेको र समाजमा यस्ता घटना बाहिरिएपछि पीडितको बहाना गरेरमहिलाले उजुरी गर्ने गरेकोले पुरुषहरु पनि पीडित हुने गरेको नरालको भनाई छ ।
जिल्लामा भएका जबरजस्ती करणीका घटनाहरुमा बालिकाहरुनै शिकार भएको बताउंँछिन महिला अधिकारकर्मी संगीता भट्टराई । ‘जबरजस्ती करणी घटनामा बालिकाहरुनै पीडित छन । कारण उनीहरुलाई प्रलोभनमा पार्न पनि सजिलो हुन्छ । शारिरीक र मानसिक रुपले पनि उनीहरुनै कमजोर हुन्छन् । जसले गर्दा बालिकाहरुनै बढी शिकार भएका छन् ।’नेपाली समाजको संरचना र सोचाई पनि कमजोर र पीडितलाई समाज र न्यायीयक पक्षबाट त्यति सहयोग नहुने भएकोले पनि पीडकको मनोबल उच्च हुंँदा महिला हिंसा न्यूनिकरण हुन नसकेको उनले बताईन् । ‘अधिकांश यस्ता घटना आफ्नै घर, नातेदार , छिमेकीबाट भएका छन । उनले भनिन , पहिलेत घरबाटनै यसको न्यूनिकरणको शुरुवात गर्नुपर्छ ।’ पीडितले यस्ता घटना भएपछि नजिकैको प्रहरी कार्यालय, महिला अधिकारकर्मी हरुसंँग सकेसम्म चांँडो जानकारी दिनुपर्ने र सचेतनाका कार्यक्रमलाई बढी जोड दिनुपर्ने उनको भनाई छ ।