चितवन । चितवनमा आज थप ९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ८० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका ६७ जना रहेका छन् । जसमध्ये ३५ जना पुरुष र ३२ जना महिला छन् । संक्रमितहरु २० वर्षदेखि ६९ वर्ष उमेर समूहका छन् ।
यस्तै रत्ननगर नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३० देखि ६३ वर्ष उमेर समूहका छन् ।
यसैगरि खैरहनी नगरपालिका–८ का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कालिका नगरपालिकामा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १४ वर्षीया बालिकादेखि ६० वर्षसम्मका छन् । त्यसैगरि राप्ती नगरपालिकाका ४२ र ४८ वर्षीया दुई महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालामा सोमबार कुल १७९ नमुना परीक्षण गर्दा ९२ नमुनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमण पुष्टि हुनेमा नवलपुर गैंडाकोटका ४ जना, बाराकाको कलैया र सिम्रनगढका २ जना, गोरखा, तनहुँ, पर्वत, काठमाडौं, धादिङ र कालिकोटका एक /एक जना रहेका छन् ।