चितवन। नेकपा (एमाले) इच्छाकामना गाँउ कमिटीको अध्यक्षमा कृष्णप्रसाद सिलवाल चयन भएका छन् । आज सम्पन्न एमाले इच्छकामना गाउँपालिका कमिटिको प्रथम अधिवेशनबाट सिलवाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै कमिटीको उपाध्यक्षमा नर बहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी, सहसचिवमा बोध बहादुर गोले र लक्ष्मण चेपाङ सहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।