चितवन । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरीप्रसाद अर्याल चयन भएका छन् । नगर कमिटीको प्रथम नगर अधिवेशनले अर्यालको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा पुष्प जोशी,सचिवमा शिवराज उप्रेती र सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन भएका छन् । पार्टीका जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य कपिल पोखरेलको नेतृत्वमा बनेको निर्वाचन सहजीकरण कार्यदलले नगर कमिटीको पदाधिकारी तथा सदस्य पदका आकाँक्षीहरुसंग छलफल र सहमति गरी सर्बसम्मत कमिटी चयन गरेको हो । नबनिर्वाचित कमिटीको सपथग्रहण विहीवार विहान हुने छ ।