चितवन । माडीको बरुवा बजारमा सम्पन्न २६औं स्टार कपको उपाधी सौराहा युवा समाज नेपालले उचालेको छ ।बुधबार सम्पन्न फाइनल खेलमा माडी सितलपुरको जयबुद्ध युवा क्लब र सौराहा भिँडेकोमा निर्धारित समयमा ०-० को बराबरी भएपश्चात टाइब्रेकरमा ४-२ गोलअन्तरबाट सौराहा बिजयी भएको हो । फाइनल खेलको म्यान अफ द म्याच जयबुद्धका गोलकिपर प्रदीप भण्डारी घोषित हुनुभयो ।
समग्र प्रतियोगिताकै उत्कृष्ट गोलकिपर भने सौराहाका अनिस चौधरी र सर्बाधिक गोलकर्ता सौराहाकै सुरेश कुमार घोषित हुनुभयो । त्यस्तै बेस्ट फरवार्ड जयबुद्धका प्रयास तामाङ, उत्कृष्ट प्रशिक्षक सौराहाका चन्दन चौधरी र बेस्ट डिफेन्स पनि सौराहा टीमकै अमृत श्रेष्ठ घोषित हुनुभयो । अनुशासित टिम माडी बनकट्टाको नेपाल बोटे समाज घोषित भयो ।
प्रतियोगिताका बिजेता सौराहाले नगद रु १ लाख ५० हजार र उपविजेता जयबुद्धले नगद रु ७५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट घोषित मध्येका ३ जना खेलाडीहरुलाई दुर्घटना वीमा समेत गरिएको आयोजकले जनाएको छ ।
२६औं स्टार कपको उपाधी सौराहालाई
२६औं स्टार कपको उपाधी सौराहालाई
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु