चितवन। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तिहार पछि महाअधिवेशन हुने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले विभिन्न कारणले रोकिएको काङ्ग्रेसको १४औ महाधिवेशन तिहार पछि हुने बताउनुभयो । उनले १३ जिल्लामा रहेको क्रियाशिल सदस्यको विवाद छिटै समाधान गरेर अधिवेशन हुने जानकारी दिए ।
अधिवेशनको क्रममा सभापतिको दौडमा रहेका डा. शेखर कोइराला , रामचन्द्र पौडेल , प्रकाशमान सिहं र आफू मध्ये आफु निकै बलियो रहेको समेत जानकारी दिए ।
उनले अहिले गठवन्धनको नयाँ सरकारले पूर्णता पाएसगैँ बिकास निर्माणको कार्यहरुमा समेत तिव्रता दिने जानकारी दिए ।