जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाका-५ का वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले मटिहानी नगरपालिका–५ का वडा अध्यक्ष रामाबहादुर महतोलाई १० हजार घुससहित पक्राउ गरेको हो ।
जन्मदर्ता बनाउन घुस लिएका वडा अध्यययक्षलाई आइतबार साँझ वडा कार्यालयबाटै आयोयको टोलीले पक्राउ गरेको बताइएको छ ।
महतोलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रियाका अगाडि बढाइएको अख्तयारले जनाएको छ ।