काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले कांग्रेससँग आबद्ध भएर आफू धेरै काम गरेको बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिँदै आफूले कांग्रेससँग आबद्ध भएर धेरै काम गरेको बताएका हुन् ।
उनले आफ्नो अनुभवका आधारमा कार्यसम्पादन गर्ने बताए । उनले बन्द रहेका उद्योगहरूलाई सञ्चालन गर्न छलफल गर्ने पनि बताए ।
शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका थिए । हमालाई प्रधानन्याधीशसँग जोडेर विभिन्न टिकाटिप्णी भइरहेका छन् ।