काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको हो ।
चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रन बनाए । यस्तै, मोहम्मद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन बनाए ।
भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्ल २ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १-१ विकेट लिए ।
चितवन क्वालिफायर भइसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा छ ।