सर्लाही। सर्लाहीको हरिवनमा नालामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलवार हरिवन नगरपालिका–११ स्थित हरिवन बजार क्षेत्रकाे नालामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनमा प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए
हरिवनमा वर्षाैँदेखि बस्दै आएका जुम्ली भनिनै अन्दाजी ५० वर्षका पुरुषको रहेको निरीक्षक गिरीले जानकारी दिए । स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पाेष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलंगवा पुर्याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।