चितवन। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् , उनले ६४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् ।
यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले विजयी भएका छन् । गुरुङले ५६४ तथा बगालेले ४५६ मत प्राप्त गरे । उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा एक हजार ४६६ मत खसेको थियो ।