चितवन – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका अधिवेशनमा भरतपुर महानगरपालिकामा मतदान प्रक्रिया सकिएको छ । आज (आइतबार) महानगर समिति चयनका लागि बिहान ९ बजे देखि शुरु भएको निर्वाचन ४ ः ३० बजे सकिएको थियो ।
भरतपुर महानगरपालिका मङगलपुरस्थित अतिथि पार्टी प्यालेसमा भएको निर्वाचनमा कुल १४८५ जना मतदाता रहेको भरतपुरमा १४६६ मत खसेको मतदान अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।
महानगर सभापतिका लागि ५ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्कीले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।