काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशलगत्तै शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रक्रिया पूरा गर्नका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो।
प्रक्रिया पूरा भएपछि उनलाई आजै थुनामा पठाइने छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । प्रक्रिया पूरा भएपछि थुनामा पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जानकारी दिनुभयो ।