चितवन । नेपालमा दैनिक सरदर ७० जना नयांँ क्यान्सरका बिरामी थपिने गरेका छन भने उपचारका क्रममा दैनिक सरदर ४० जनाको मृत्यु हुने गरेको पाईएको छ ।
क्यान्सरसम्बन्धी अध्ययन गर्ने एक अन्तृराष्ट्रिय संस्था ग्लोबल कनका आुसार बार्षिक औषत क्यान्सरका २० हजार भन्दा बढी बिरामी थपिने गरेका छन । त्यसमध्ये आधा भन्दा बढीको मृत्यु हुने गरेको हो । जसअनुसार नेपालमा २० देखि २५ हजार क्यान्सरका नयांँ विरामी थपिन्छन भने ती मध्ये १० देखि १२ हजार जनाको मृत्यु हुने ग्लोबल कनको आंकलन छ । यो आंकल कुल क्यान्सरका बिरामी मध्ये झण्डै मृत्युदर आधा भन्दा बढी हो । १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यान्सर अस्पतालका चिकित्सक बिशेषज्ञले देशभर बार्षिक २ देखि ३ प्रतिशतले क्यान्सरका बिरामी थपिने गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डाक्टर निर्मल लामिछानेले देशभर थपिने क्यान्सर बिरामी मध्ये यो अस्पतालमा मात्रै ६ देखि ७ हजारको संख्यामा आउने गरेको बताए । ‘बार्षिक क्यान्सर बिरामीको संख्या बढ्दै गएको छ उनले भने, अधिकांशको मृत्यु ढिला उपचारका कारण हुने गरेको छ ।’ शुरुवाती चरणमा क्यान्सर लागेपनि थाहा नपाउने र हेलच्याँक्रयाई नगर्ने त्यसपछि अन्तिम चरणमा आउंँदा बिरामी बचाउन नसकिएका कारण पनि नयांँ क्यान्सरका बिरामी संगै मृत्युदर पनि बढ्ने गरेको डा लामिछानेको भनाई छ । उनका अनुसार यस क्षेत्रमा विषयविज्ञको र जनशक्ति अभावका साथै नयांँ बिरामीको अनुपातमा बृद्धि भएकोले पनि थप समस्या भएको हो ।
विरामीको संख्या बढेसँगै नयांँ प्रविधिको विकास र प्रयोग भएपनि दक्ष जनशक्तिको अभावको कारण पनि विरामीले सहज उपचार गर्न पाएका छैनन । क्यान्सर रोग बढी महंगो र सबैके पहुंचमा उपचार पुग्न नसकेका कारण पनि मृत्युको संख्या बढ्ने गरेको हो ।
अस्पतालका उपनिर्देशक डाक्टर कृष्ण सागर शर्मा क्यान्सर उपचारका लागि नयांँ प्रविधि भित्रिएसंँगै रोगका विभिन्न प्रकृति र चरणसमेत देखा परेको बताउंँछन । ‘उपचारमा नयांँ प्रविधिपनि भित्रिएको छ , नयांँ रोगहरुपनि देखिदै गएका छन । जसले गर्दा संख्या पनि बढी देखियो ।’ शर्माले भने ।
क्यान्सर सम्बन्धी अध्ययन अनुसन्धानका लागि नेपालमा सुविधा नभएको र विदेशनै जानु पर्ने भएकोले पनि चुनौति थपिएको उनको भनाई छ ।‘ विदेशमा मुश्किलले एकजना डाक्टरले ८ जनासम्म बिरामी हेर्छन, उनले भन, यहाँ एकजना डाक्टरले कम्तिमा ५० जना विरामी हेर्नुपर्छ ।’
सबैभन्दा बढी क्यान्सर बिरामी फोक्सोका
नेपालमा हुने क्यान्सरका बिरामी मध्ये सबै भन्दा बढी फोक्सोका क्यान्सर बिरामी भएको पाईएको छ ।
सूर्ती तथा मदिराजन्य पदार्थको बढी प्रयोगका कारण अन्य अंंगका क्यान्सरमध्ये फोक्सोका क्यान्सर विरामी बढि देखिएको चिकित्सक विशेषज्ञले बताएका छन । ‘नेपालमा सूर्ती तथा मदिराजन्य पदार्थको प्रयोग पनि बढेको छ , डाक्टर शर्माले भने, विषादी छरिएका खाना र प्रदुषणले पनि क्यान्सरका विरामी बढेका हुन् ।’ फोक्सोको क्यान्सर का विरामी बढी हुने र उपचार पनि उत्तिकै जटिल हुने गरेकाले मृत्युदर पनि उही अनुपातमा हुने गरेको शर्माको भनाई छ । फोक्सोको कयान्सर पछि महिलाको ब्रेष्ट क्यान्सर, पाठेघर क्यान्सर, रक्त क्यान्सर, आन्द्राको क्यान्सर र नाककान घांँटीको क्यान्सरका विरामी हुने गरेका छन ।
डाक्टर शर्माले पछिल्ला बर्षहरुमा क्यान्सरसम्बन्धी जनचेतना, र परीक्षणका क्रममा नयांँ नयांँ रोग पत्ता लागेका कारण हरेक अंगमा हुने क्यान्सरका विरामीको संख्या बढ्दै गएको बताए । ‘जति विरामी परीक्षणका लागि आउनुहुन्छ त्यति डाइगोनिसस हुन्छ, संख्या पनि सोही अनुसार बढ्छ । ’शर्माले भने ।
बच्चामा हुने रक्तक्यान्सरको दर पनि बढ्दो
पछिल्ला बर्षहरुमा बच्चामा हुने रक्त क्यान्सरका विरामी हरु पनि बढ्ने गरेका छन । एक अध्ययन अनुसार पहिले विश्वमा १० लाख बच्चाहरुमध्ये १२० जनामा रक्त क्यान्सर देखिएपनि पछिल्ला बर्षहरुमा १४० जना बच्चाहरुमा क्यान्सर रोग देखिदै गएको छ । क्यान्सर रोग सरुवा रोग नभएतापनि बंशाणुगत गुण र खानपान र जीवनशैलीका कारण हरेक किसिमका क्यान्सरका विरामी बढेको उनले बताए ।
यस अस्पतालमा अघिल्लो बर्षहरुमा बार्षिक डेढ लाख हाराहारीमा क्यान्सर विरामीको उपचार गरिदै आएपनि कोभिडका कारण गतबर्ष ९२ हजारले मात्र उपचार गर्न आएका छन ।