मेष : स्वादिष्ट भोजनको अवसर जुर्नेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : अचानक विविध समस्या देखा पर्न सक्छन्। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। परिवार र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट : प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
सिंह : शुभकार्यको चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कन्या : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। धार्मिक यात्राले अनुहारमा चमक ल्याउनेछ। पुनर्मिलनको योग छ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ।
भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
तुला : सुखदुःख बराबरी हुने खालको समय छ। आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३८, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।
वृश्चिक : ठीक समयमा सही निर्णय लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको भेटघाटले नयाँ अनुभव मिल्नेछ। विश्वास गरेकाहरूले पूर्ण साथ दिनेछन्।
भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
धनु : धर्मकर्ममा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। दाजुभाइ र दिदीबहिनीबाट समेत सहायता मिल्नेछ। नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर : आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिन सक्छन्। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : मन खिन्न हुने स्थिति आउन सक्छ। चित्त दुख्ने समाचार सुन्नु पर्ला। फलदायी यात्रा नहोला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ६७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन : आकस्मिक यात्राको अवसर आउन सक्छ र उक्त यात्राबाट लाभ पनि मिल्नेछ। धनलाभ हुनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।