काठमाडौँ । नेपाली काँग्रेसको पालिका अधिवेशन भोलि देखी सुरु हुने भएको छ । काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको आज सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माले २१ वटा हिमाली जिल्लामा दशैअघि अधिवेशन गर्ने र क्रियाशील नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो ।
प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर आवश्यकता अनुसार निर्णय हुने बताउनुभयो । यस्तै काँग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह समेत गरेको छ ।