काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । उनी पोखराबाट केही समयअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेका हुन् ।
पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले बिदाइ गरेका थिए । उनले काठमाडौंमा समर्थकलाई नमस्कार गर्दै स्वागत स्वीकार गरेका छन् । समर्थकहरूले शाहलाई निर्मल निवाससम्म पुर्याउनेछन् ।