चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही फागुन २७ गते चितवन आउने भएका छन् । नेकपा माओवादी केन्द्रको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” का लागि उनी चितवन आउने भएका हुन् ।
फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुरमा अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटा सुमनले बताए ।
भरतपुर स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका वडा, पालिका, प्रदेश, केन्द्रसम्मका नेताहरु, पार्टिका विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरुलाई जिल्ला इन्चार्ज घनश्याम दाहालले आव्हान गरेका छन् ।
त्यस्तै देशैभरी जनलहर उर्लिरहेको बेला चितवनमा हुने जागरण अभियानमा पनि आ-आफ्नो जातिय भेष-भुषा, बाजा गाजा एवं झाकि सहित बिसौ हजार जनता उतार्ने तयारी रहेको नेकपा माओवादी केन्द्र भरतपुर महानगर इन्चार्ज निशा न्यौपानेले बताइन ।
२०८१ फाल्गुन १२ गतेदेखि झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा अध्यक्ष प्रचण्डले उद्घाटन गरेसँगै शुरु भएको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने छ ।