चितवन । दशैंसम्ममा बालबालिकाका लागि एक लाख खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना बिरुद्ध १८ वर्ष भन्दा मुनिका बालबालिकाका लागि मोडोनार र फाइजर नामक खोप दशैं सम्म आउने बताए।
आज (शुक्रबार )भरतपुर बिमानस्थलमा पत्रकार सगँको कुराकानीमा बालबालिकाका लागि आवश्यक मोडोनारा र फाइजर खोप सुनिश्चित भईसकेको भन्दै उनले एक लाख मोडोनार खोप ट्रायलको रुपमा दशैं सम्म आउने , फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको बताएका हुन् ।
उनले सरकारले कात्तिक महिना भित्र ३३ प्रतिशत जनताले पूर्ण खोप पाउने बताए । पहाडी जिल्लाहरुलाई पूर्ण खोप बनाउने गरि अहिले कार्यक्रम संचालन भई रहेको उनको भनाई थियो । उहाँले ४५ वर्ष माथिका र १८ वर्ष माथिका विद्यार्थीले खोप लगाई सकेको समेत बताए ।
चितवनमा रहेका दुई प्रमुख अस्पतालको कुरा जोड्दै उनले भरतपुरको सरकारी अस्पताल र क्यान्सर अस्पताल राष्ट्रिय स्तरको अस्पताल रहेको बताए । उनले राष्ट्रिय अस्पताल निकै खस्किदै गुनासो आएको हुनाले दुबै अस्पतालको बिकास र गुणस्तरीय सेवाका लागि छलफल गरेर बिषेश किसिमका कार्यक्रमहरु ल्याउन सरकार लागेको बताए । भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिहरु संग छलफल गरि अल्पकालिन र दिर्घकालिन योजना वनाउन मन्त्रालय लागेको उनले जानकारी दिए ।
फरक विषय लाई जोड्दै उनले सरकारले छिटै पुर्णता पाउनेमा आफू निर्धक्क रहेको जानकारी दिनुभयो । उनले सरकारमा सामान्य कुराले विवाद भएको अब छिटै अन्तय भएर सरकारले आफ्नो कार्यमा लाग्ने बताए ।