काठमाडौं । संघीय संसदको दुवै सदनबाट पारित गरिएको विनियोजन विधेयक २०७८ प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ।
गत सोमबार बसेको प्रतिनिधिसभाले सो विधेयक पारित गरेको थियो । सोही दिन सोही दिन राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक २०७८ लाई बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले पनि पारित गरेको छ ।
राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएका हुन् ।