चितवन । सिर्जनशील समाज भरतपुर ४ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको सयुंक्त आयोजनामा “समय मै क्यान्सर पत्ता लगाउन सके निको पार्न सकिन्छ“ भन्ने मुल नारा सहित भरतपुर ४ वैकुण्ठ टोलमा बुधबार महिलाहरुको मुख , स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम गरिएको छ ।
सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटाको सभापतित्व र भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्यज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत मन्तव्य, वैकुण्ठ टोल बिकास सस्थाका कोषाध्यक्ष , दयाराम पौडेलले शुभकामना मन्तव्य , वडा अध्यक्ष हरिप्रसाद आचार्यले प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्नु भएको थियोे भने समाजका अध्यक्ष टिकाराम सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव कविता शर्माले गर्नु भएको थियोे । औपचारिक कार्यक्रम पश्चात् बि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक डा अस्मिता राणाले अभिमुखीकरण गर्नु भएको थियोे । सो अवसरमा स्वास्थ शिविरमा ६१ जना महिलाहरुले परिक्षण गराएका थिए । परीक्षण गराउने छुटेका महिलाका लागि असोज १८ गते परीक्षणको कार्यक्रम राखिएको छ । कार्यक्रममा सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटा निवर्तमान अध्यक्ष शिवप्रसाद बराल, उपाध्यक्ष महेश्वर पोखरेल, महासचिव कविता शर्मा, सचिब भोजराज खरेल, सदस्यहरु प्रदीप अर्याल , दिवाकर अधिकारी, दामोदर रिमाल, सुरेश घिमिरे , निरज कडेल, महेश्वर झा लगायत टोलवासीहरुको सहभागिता रहेकोे थियोे ।