चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चितवन आइपुग्नु भएको छ । काठमाडौँबाट आज बिहान चितवन आइपुग्नु भएका प्रचण्डलाई भरतरपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वागत गर्नु भएको थियो ।
माओवादी केन्द्र चितवनका अनुसार अध्यक्ष प्रचण्ड यँहा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रचण्डले आजै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७औँ स्थापना दिवस तथा वार्षिक साधारण सभामाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।