चितवन । भरतपुरमा मौरीले चिलेर ( टोकेर) एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका–२२ पकौडीका ८८ वर्षीय यदुविलास पोखरेल रहेका छन् ।
मंगलवार बेलुका ५ः४५ बजेको समयमा ढलेको रुखको जरामा रहेको मौरी निकाल्ने क्रममा मौरीले टोकेपछि भाग्ने क्रममा पोखरेल एक्कासी लडेका थिए ।
लडेर गम्भीर घाइते भएका पोखरेलको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलवार बेलुका ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।