चितवन। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको दशौं दिन भोलि माघ ५ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीका अनुसार भोलिबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ ।
त्यसैगरी ११ः०० बजे कलाकार शिरीष देवकोटाको प्रस्तुती रहने छ । त्यसपछि निरन्तर सांस्कृतिक कार्यक्रम भइरहने छन् । जादुगर बलराम सरकारको जादु समेत भोलि प्रस्तुत गरिने छ । त्यसैगरी स्थानीय कलाकार विक्रम क्षेत्री, टिकाराम ढकाल, जुना डिसी र सरिता गुरुङको प्रस्तुती समेत रहने छ ।
त्यसैगरी नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल पुलिस कलाकार काठमाडौं, तमु ह्युला छोंज धि चितवन, नेपाल मगर संघ चितवन, पुन समाज नेपाल चितवन र नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।