चितवन। चितवनको रत्ननगरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–५ बस्ने २६ वर्षीय शुलभ बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।
बास्कोटाले ती बालिकालाई रत्ननगर नगरपालिका–८ मा रहेको गोधुलीसाँझ रिसोर्ट प्रालिमा लगि ललाई फकाई जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बास्कोटालाई खैरहनी नगरपालिका–१२ बाट माघ २ गते बुधबार पक्राउ गरेको हो ।
बास्कोटालाई चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थपि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।