चितवन । नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघ चितवनको अध्यक्षमा अशोक पोख्रेल शर्मा चयन हुनुभएको छ । संघको प्रथम अधिवेशनले शर्माको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा रिना कोईराला , सचिवमा गोपाल भट्टराई, सहसचिवमा नारायण राई, र कोषाध्यक्षमा विष्णु प्रसाद पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मिन कुमार श्रेष्ठ ,भरत गुरुङ्ग, खेम आले भोजराज चापागाईं,भरत बगाले र जयकुमार सापकोटा चयन हुनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांँग्रेस चितवनका सभापति राजेश्वर खनाल, विशिष्ट अतिथिमा संघका केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाली कांँग्रेस चितवनका उपसभापति शालिकराम पौडेल, संघका बाग्मती प्रदेश अध्यक्ष रामप्रसाद सुबेदी र सदस्य बद्रीप्रसाद पौडेल रहनु भएको थियो ।
आजनै समितिका सदस्यहरुलाई सपथग्रहण तथा पदस्थापन गराईएको थियो ।
सो अवसरमा बोल्दै सभापति खनालले पार्टीले संघलाई संरक्षण र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरुको समस्यामा पार्टीले मदत गर्नुपर्ने भन्दै उहांँले एकअर्कामा सहकार्य र समन्वय हुनुपर्ने बताउनु भयो । यस्तै संघका वाग्मती प्रदेश अध्यक्ष सुबेदीले कांँग्रेस पार्टी र संघ एकअर्कामा हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । यातायात व्यवसायीका समस्या धेरै भएकाले यसलाई पार्टीले प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने सुबेदीले बताउनु भयो । सुबेदीका अनुसार अधिवेशन हालसम्म वाग्मती प्रदेका ९ वटा जिल्लामा सम्पन्न भईसकेको र धादिङ्ग र उपत्यकाका तीन जिल्लामा सम्पन्न गर्न बांँकी छ । समितिको कार्याकाल ४ बर्षको लागि रहने छ । वाग्मती प्रदेशका सदस्य पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रदीपराज हमालले गर्नुभएको थियो ।