चितवन। कालिका नगरपालिकाले बिभिन्न तहमा करारमा कर्मचारीहरू माग गरेको छ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै कालिका नगर अस्पताल अन्तर्गत रहेको कालिका नगर अस्पतालका लागि स्वास्थ तर्फ ६ जना कर्मचारीका लागि आवेदन खुलाएको छ।
आजको मितिले १५ दिनभित्र योग्यता पुगेका नागरिकहरुलाई आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ।