चितवन। नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा रामहरि कडेँल निर्वाचित हुनुभएको छ । शनिबार वडा नम्बर ७ को सिमलढापमा सम्पन्न दोश्रो सम्मेलनबाट सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
यस्तै कमिटीको उपाध्यक्षमा राम प्रसाद बोहोरा, कुमार मगर,तुल बहादुर गुरुङ, सचिवमा पवन गुरुङ, सह–सचिवमा सुशीला चालिसे र कोषाध्यक्षमा ईन्द्र माया मगर चयन हुनुभएको छ । हरि बहादुर थापाको अध्यक्षतामा सम्पन्न बन्द सत्रबाट ३५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य इश्वरी प्रसाद भट्टराइले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन पाठक, जिल्ला इन्चार्ज घनश्याम दाहालअविनास ,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी,सचिव द्रोण सिवाकोटी बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा सुमन , इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ लगायतको आतिथ्यता रहनुभएको थियो । नेकपा माओवादी केन्द्र इच्छाकामनाका संयोजक सावित्रा सिलवालको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।