चितवन । नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको केन्द्रीय अध्यक्षमा डेकनाथ गौतम चयन भएका छन् । नवलपुरको गैंडाकोटमा सम्पन्न सो संगठनको तेस्रो राष्ट्रिय महाधिवेशनले गौतम अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संगठनको बरिष्ठ उपाध्यक्षमा भरत तिमिल्सिना, उपाध्यक्षमा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका यातायात व्यवसायी शंकर गिरी, नवराज सिंह, जगन्नाथ प्रसाद कलवार, सन्तप्रसाद तिमिल्सिना, भिम बहादुर बस्नेत, महासचिवमा बसन्त भण्डारी, उपमहासचिवमा देविन श्रेष्ठ, भरत नेपाल, इन्द्रबहादुर पुन चयन भएका छन् ।
त्यसैगरी संगठनको सचिवमा लब कुमार केसी, नारायण घिमिरे, ज्ञानबहादुर केसी, राजन कँडेल, मन्जु बस्नेत, लब केसी, बल बहादुर भण्डारी र कोषाध्यक्षमा ज्ञानेन्द्र हुमागाई चयन भएका छन् । त्यसैगरी अनुसासन आयोगको संयोजकमा केशब नेपाल, लेखा परीक्षण संयोजकमा यादवलाल श्रेष्ठ र निर्बाचन आयोज संयोजकमा योगकुमार यादव चयन भएका छन् ।
कार्यक्रममा महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका शंकर गिरी सहित संगठनका संस्थापक अध्यक्ष कृष्ण अधिकारी, व्यवसायीहरु सरोज श्रेष्ठ, कृष्ण सुवेदीलाई सम्मान गरिएको थियो । यातायात क्षेत्रको विकासमा योगदान गरेको भन्दै गिरी सहित अधिकारी, श्रेष्ठ र सुवेदीलाई सम्मान गरिएको हो ।
वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गरेको उक्त महाधिवेशनमा ७०० बढी व्यवसायीहरु सहभागी थिए । कार्यक्रम संगठनका निर्वतमान अध्यक्ष श्रीप्रसाद मैनालीको अध्यक्षतामा भएको थियो ।