चितवन । राप्ती नगरपालिका वडा नम्बर १० किरानटारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।
विद्यालयका करिव १७५ जना चेपाङ विद्यार्थीहरूलाई गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवन र एनिमल नेपाल भरतपुरको गरेको आवहानमा विभिन्न सामाग्री सहयोग गरेका हुन् । न्यानो कपडा (उनीको टोपी र गलवन्धी) खेलकुद सामाग्री, खाध्यान्न, (चामल, आलु तरकारी दाल) सहयोग गरिएको हो ।
राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय किरानटारका व्यवस्थापन समिति अध्यक्ष सन्दिपकुमार प्रजाको अध्यक्षाता वितरण कार्यक्रम गरिएको हो भने राप्ती नगरपालिका वडा नम्वर १० की दलित जन प्रतिनिधि कमलाकुमारी सुनार प्रमुख अतिथि रहेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक ज्ञामु गिरी, पूर्व शिक्षक एवम्र निवर्तमान जन प्रतिनिधि इन्द्रबहादुर राइ, एनिमल नेपालकी प्रतिनिधि दिपा केसी, सहयोगीहरूमध्येबाट अमुल गोर्खाली लगायतले यस्ता किसिमका सहयोग आगामि दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको सहजीकरण गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनका सचिव रामचन्द्र आचार्यले गरेका छन् । कार्यक्रममा बिस्मिता पौडेल, अजय शाह, सिमरन श्रेष्ठ, रोशन रौनियार, सुरज शर्मा, विशाल सापकोटा, सागर श्रेष्ठले व्यवस्थापनमा सहयोग गरेका छन् । विद्यालयमा पशु कल्याण सम्बन्धी फिल्म पनि देखाइएको थियो ।