चितवन । तेस्रो खैरहनी महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनीले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ ।
खैरहनी नगरपालिका संग समन्वय गरेर आयोजकले आफ्नै ठाउँमा उत्पादन गरिएका सामान बिक्रि गर्न स्टलको ब्यबस्था गरेको हो । खैरहनी नगरपालिकाले बीउ पुंजी उपलब्ध गराएर ब्यबसाय संचालन गरेका समूह तथा संस्थाले आफ्नो उत्पादन महोत्सवमा बिक्रीका लागि राखेका छन् । खैरहनी नगरपालिकाका विभिन्न वडामा चप्पल,झोला, तानबाट बनाईएका कपडा , सावन,हरपिक जस्ता सामान बिक्रीका लागि राखिएको उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।
महोत्सवहरुमा आयातीत सामान बिक्रिका लागि राख्ने गरेको गुनासो आउंछन,त्यो गुनासो चिर्ने प्रयास हामिले गरेका छौं ,महोत्सव संयोजक खनालले भने- स्थानीय तहले लगानी गरेका उद्यमि तथा समुहले उत्पादन गरेका सामान यहाँ बिक्रीका लागि राखिएको छ,यस्ले उनिहरुलाई प्रोत्साहन हुने बिश्वास छ ।
खैरहनी नगरपालिकाले अपांगता भएकाहरु,गरिव,अतिविपन्न परिवारको आर्थिक बिकासका लागि एड्भान्स तालिम दिएर बिउ पुंजी समेत उपलब्ध गराएको थियो । तालिम र बिउ पुंजी प्राप्त गरेर नगरका विभिन्न ठाउँमा त्यस्ता समुदायले ब्यबसाय संचालन गरेका छन् ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज मंगलबार पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमाल लगायतको प्रस्तुति रहने कला ,सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । सोमबार शान्ति श्री परियार लगायत कलाकारले महोत्सवलाई थप रौनक बनाएका थिए । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म चल्ने छ । महोत्सवकै अवसरमा पर्सा बजारमा पुस १३ गतेदेखि १५ गते सम्म फुड फेस्टिवल पनि आयोजना हुदैछ ।