चितवन। चितवन हिमाल डेण्टल प्रालिले २२ औँ वार्षिक उत्सवको अवसरमा दन्त शिवर सञ्चालन गरेको छ । शहिदचोक र चितवन मेडिकल अगाडि रहेको हिमाल डेण्टलको कार्यालयमा दन्त शिविर सञ्चालन गरिएको हो।
दन्त शिविर पौस १५ गतेसम्म सञ्चालन हुनेछ । साथै सो अवसरमा दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट दिइने हिमाल डेण्टल प्रालिकी संचालक रञ्जिता जोशीले बताउनुभयो ।
मुख्य कार्यालय शदिचोक नारायणगढमा रहेको हिमाल डेण्टलले निःशुल्क दन्त परीक्षण तथा परामर्श दिने उहाँले बताउनुभयो ।
शिविरको अवसरमा नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकरहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने जस्ता काम गरिने छ ।
साथै नयाँ दाँत राख्ने, झिक्नुपर्ने अवस्थामा झिक्नै नपर्ने गरी राख्ने तथा दन्त पत्यारोपण समेत गरिने उहाँले बताउनुभयो ।