चितवन। उद्योग वाणिज्य सङ्घ खैरहनीद्वारा आगामी पुष ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालसँग विशेष भेटवार्ता गरेको छ।
नगर प्रमुख रेनु दाहालको मार्गदर्शनले महोत्सवलाई सफल बनाउने लक्ष्यमा सकारात्मक ऊर्जा थपेको छ। भेटघाटमा संघका अध्यक्ष कुमार खनाल, उपाध्यक्ष रामेश्वर पोखरेल, र सल्लाहकार लक्ष्मी ढकालको उपस्थितिले विशेष महत्वको रहेको उद्योग वाणिज्य सङ्घ खैरहनीले जनाएको छ ।
उद्योग वाणिज्य सङ्घ खैरहनीले महोत्सवलाई क्षेत्रीय व्यापार, संस्कृतिको प्रवर्द्धन, र समुदायलाई एकजुट बनाउने अवसरका रूपमा सञ्चालन गर्न सबैको सहयोगको अपेक्षा गरेको छ। भरतपुर महानगरपालिकाको निरन्तर साथ र समर्थनप्रति सङ्घले आभार व्यक्त गरेको छ ।