काठमाडौँ । स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ ।
मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको बार्सिलोना ७ अंकसहित तालिकाको १०औं स्थानमा छ ।
यता, भ्रमणकारी टाेली ग्रानडा भने पहिलो जितको खोजीमा छ । ४ खेलमा ग्रानडाले हालसम्म जित निकाल्न सकेको छैन । दुई बराबर र दुई खेलमा हार ब्यहोरेको ग्रानडा २ अंकसहित १७औं स्थानमा छ ।
ग्रानडा बार्सिलोनालाई पराजित गर्दै कम्तिमा १४औं स्थानमा उक्लन चाहन्छ । यता, बार्सिलोना समेत घरेलु मैदानमा सहज जितसहित पाचौं स्थानमा उक्लने दाउमा छ ।
ग्रानडाविरुद्ध बार्सिलोनालाई मेम्फिस डेपाए, लुक डे जङ, फिलिप कौटिन्हो जस्ता खेलाडीको अग्रपंक्तिमा साथ रहनेछ ।
ला लिगामा ५ खेल खेलिसक्दा अपराजित रहेको रियल म्याड्रिड १३ अंकसहित शीर्षस्थानमा रहेको छ । न्युज कारखाना