नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो ।
थारु दुई बुहारीसहित घरनजिक रहेको बारीमा आलु लगाउन गएको बेला एक्कासी गैँडाले पेट र टाउकोमा आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभयो । नवलपुरमा पछिल्लो समय गैँडा आक्रमण बढिरहेको छ ।