ओमान (मस्कट) । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको नेपाललाई आठौँ सफलता मिलेको छ । नेपालका लागि शरद भेषवाकरले आठौँ विकेट लिएका हुन् ।
३०औँ ओभरको चौथो बलमा शरदले निसेम खुसीलाई क्याच आउट गराएका हुन् । निसेमले १२ रन बनाएका हुन् ।
यसअघि शरदले सातौं किवेट लिएका थिए । उनले २२औँ ओभरको दोस्रो बलमा ओमानका सन्दीप गौडलाई क्याच आउट गराएका हुन् । गौडले ८ रन बनाए ।